सिरहा कारागारभित्र साउन ४ गते दुई पक्षीय बिच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र नाइके नियुक्तिको विषयलाई लिएर कैदी बन्दी बिच विवाद भएपछि झडप भएको हो ।
झडपमा सिरहा कारागारका निमित्त नाइके विजय महतो, बरुण महतो, शिवा भनिने शिव कुमार राम, दिपक ठाकुर, शिवम् भनिने जयप्रकाश चौधरी, जंगली भनिने अन्जनी कुशवाहा, छोटु भनिने रिपेन्द्र झा, सन्तोष कुमार सिंह, बैजु दास, मकेश्वर महतो, दिपेन्द्र यादव, जितन साह र सत्य नारायण कारक घाइते भएका छन् ।
घाइतेहरुको प्राथमिक उपचार प्रादेशिक अस्पताल सिरहा गरिएको र सोही दिन उनीहरुलाई केन्द्रीय कारागार काठमाडौँ पठाइएको सिरहा कारागार प्रमुख सुबोध महतोले बताउनु भयो । आवश्यकता अनुसार घाइतेहरुको उपचारको प्रबन्ध काठमाडौँमै मिलाइने उहाँले जानकारी दिनु भयो ।
कारागारको नाइके बनाउने विषयमा भएको विवादपछि झडप भएको प्रारम्भिक अनुमान गरिएको भएपनि के कारणले झडप भएको हो, अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनु भयो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि