INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजायकाे फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाणिनि गाउँपालिका– १ पणेनाका ४६ वर्षीय भेषबहादुर रोकाहा मगरलाई जिल्ला अदालत अर्घाखाँचीले दुई महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको २०८२ असार ३१ गतेको इजलासले कसुर ठहर गर्दै दुई महिना कैद सजाय, ७ हजार रुपियाँ जरिबाना र पीडित राहतकोषमा २ सय ८० रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मुद्दा फाँटका नायब सुब्बा अशोक भण्डारीले बताउनु भयो ।

आरोपितले बालिकालाई यौन दुर्व्यवहार गरेको भनी जेठ १५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई जेठ १५ गते आफ्नै घरबाट गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८२ जेठ १५ गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा भएको थियो ।

अन्य

भिडियो