३८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा कर्जन्हा नगरपालिका–५ का ४० वर्षीय सन्तोष साहविरुद्धको मुद्दा जिल्ला अदालतले ०८२ असार २९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश ओमबहादुर सोडारीको एकल इजलाशले सो फैसला गरेको हो ।
आरोपितले महिलालाई ०८० असार १६ गते अपहरण गरी बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज २५ गते उजुरी दिएकी थिइन ।
महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असोज २५ गते भएको थियो ।
आरोपितविरुद्ध ०८० फागुन १७ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए पनि आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।