१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले वाणगंगा नपा–७ वनगाईका १६ वर्षीय बालकलाई आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश प्रकाशचन्द्र अधिकारीको असार २७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै आठ वर्ष कैद, ३ लाख ३३ हजार ३ सय ३३ पैसा जरिबाना र ४० हजार रुपियाँ पीडितलाई भराई दिने र १३ हजार ३ सय ३३ पैसा राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।
पीडितले ०८० माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण माघ २२ गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो । प्रहरीले आरोपितलाई माघ २२ गते गिरफ्तार गरेको थियो ।