INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध  उजुरी 

१७  वर्षीया बालिकालाई  अपहरण  गरी बलात्कार  गरेको आरोपमा  बीरगञ्ज  महानगरपालिका -२८ का २३ वर्षीय राकेश  कुमार ठाकुरविरुद्ध  पीडित  पक्षले ०८२ असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आरोपितले बालिकालाई असार  ६ गते अपहरण  पश्चात बलात्कार  गरि फरार रहेको भन्दै पीडित  पक्षले उजुरी दिएका थिए । प्रहरीले फरार रहेका आरोपितको खोजी गरिरहेको डिएसपी  किशोर  लम्सालले बताउनुभयो ।

पीडित  बालिकाको स्वास्थ्य परीक्षण  असार ७ गते नारायणी  प्रादेशिक अस्पताल   बिरगञ्जमा गरिएको छ।

अन्य

भिडियो