१७ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा बीरगञ्ज महानगरपालिका -२८ का २३ वर्षीय राकेश कुमार ठाकुरविरुद्ध पीडित पक्षले ०८२ असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
आरोपितले बालिकालाई असार ६ गते अपहरण पश्चात बलात्कार गरि फरार रहेको भन्दै पीडित पक्षले उजुरी दिएका थिए । प्रहरीले फरार रहेका आरोपितको खोजी गरिरहेको डिएसपी किशोर लम्सालले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ७ गते नारायणी प्रादेशिक अस्पताल बिरगञ्जमा गरिएको छ।