INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या गरेको कसुरमा आजिवन काराबासकाे सजाय

तुलसीपुर उमनपा–११ की ४२ वर्षीया रिता लामिछानेको हत्या गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजिवन काराबासको सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजलासले असार ३० गते कसुर ठहर गर्दै हमाललाई आजिवन काराबास र ५ लाख रुपियाँ जरिबाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

हमालले ०८० असोज ६ गते लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले असोज ६ गते नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । शवको पोष्टमार्टम असोज ७ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो । प्रहरीले हमाललाई असोज ६ गते घरबाटै गिरफ्तार गरी कात्तिक १२ गते ज्यानसम्बन्धी मुद्दा चलाएको थियो । सोही घटनामा टेकबहादुर हमालले तुलसीपुर उमनपा–११ कै ६५ वर्षीया कमलाकुमारी हमाललाई पनि खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । टाउकोमा गम्भीर चोट लागेकी हमालको असोज ६ गते नै कोहलपुर मेडिकल कलेजमा उपचार गरिएको थियो ।

अन्य

भिडियो