INSEC Online

📅 २०८३ जेष्ठ २१

गोली प्रहारबाट युवतीको मृत्यु

हरिनगर गाउँपालिका-६ घुस्कीकी १८ वर्षीया असी खातुनको गोली प्रहारबाट असार ३० गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको पूर्णिया जिल्ला पत्राहा पञ्चायत-१६ घुर्ना स्थायी घर भएका २९ वर्षीय आजात मिया जटले ०८२ असार ३० गते विहानका राति गोली प्रहार गर्दा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो ।

आपसी विवादको विषयलाई लिएर हरिनगर गाउँपालिका-६ घुस्की आएर मियाले असार ३० गते विहानका राति सालीमाथि गोली प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी तिम्सिनाले बताउनु भयो ।

घटनालगतै भारततर्फ फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

अन्य

भिडियो