INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको कसुरमा सात वर्ष कैद सजायको फैसला

२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा गढवा गाउँपालिका–६ का ३५ वर्षीय दिपेन्द यादवलाई अदालतले सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ०८२ असार २६ गतेको इजलासले आराेपितलाई कसुरदार ठहर गर्दै सात वर्ष कैद, ३ लाख रुपियाँ जरिबाना, २५ हजार रुपियाँ क्षतिपूर्ति र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

यादवले ०८१ असार १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असार २ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । प्रहरीले  आराेपितलाई असार २ गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो