जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका विराटनगर महानगरपालिका-५ का ४० वर्षीय सन्तोष पालको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागारका जेलर गौरव ढुंगेलले सन्तोष पालको उपचारका क्रममा ०८२ असार २५ गते साँझ कोशी अस्पतालमा मृत्यु भएको बताउनु भयो ।
बलात्कार मुद्दामा जिल्ला अदालत मोरङले ०८१ साल मंसिर ११ गते पाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि कारागार चलान भएका पालको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा साँझ साढे ६ बजेतिर मृत्यु भएको हो ।
शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि असार १२ गते अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा मृत्यु भएका पालविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । मुद्दाको फैसला नहुँदै पालको मृत्यु भएको हो ।
जेलर ढुंगेलले मृतकको शव परिवारलाई असार २५ गते जिम्मा दिएको बताउनु भयो ।
पीडित पविारले असार २६ गते शवको सद्गतको तयारी गरेको छ ।