INSEC Online

📅 २०८३ जेष्ठ २१

साक्षी सुरक्षामा ध्यान पुर्‍याउन इन्सेकको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गरेको छ ।

रौटहटको राजपुरस्थित मोहमद अफताब अलामका काका शेख इद्रिशको घरमा २०६४ साल चैत २७ गते साँझ भएको बम विष्फोटनबाट घाइते भएका गौरीशंकरको सुरक्षाको सवाल टड्कारो भएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । सो घटनामा दुई जनाको मृत्यु२० जना भन्दा बढी घाइते भएको र घाइतेमध्ये त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई लागेको थियो  प्रहरीले २०७६ असोज १९ गते आलमलाई गिरफ्तार गरेको र जिल्ला अदालतरौतहटले ०८१ वैशाख १३ गते जन्मकैदको फैसला गरेको स्मरण गर्दै अदालतले गौरीशंकरको बयान र स्वास्थ्य प्रतिवेदनलाई महत्वपूर्ण प्रमाण मान्नुका साथै उनीमाथि सुरक्षा चुनौती रहेको र सुरक्षा प्रबन्ध गर्न सरकारका नाममा आदेश समेत जारी गरेको थियो ।

जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको ०८२ जेठ १४ गतेको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आरोपितहरूलाई सफाइ दिएपछि आफूमाथि सुरक्षा खतरा भएको भन्दै राम काठमाडौँ आएका रामको सुरक्षा प्रबन्ध गर्न नेपाल सरकारसँग विज्ञप्तिमा माग गरिएको छ ।

अन्य

भिडियो