INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उपमहानगरपालिका–१३ का १७ वर्षीय बालकलाई अदालतले पाँच वर्ष कैद सजायकाे फैसला गरेको छ ।

जिल्ला न्यायाधिश तेजनारायण पौडेलको इजलासले असार २४ गते आराेपितलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद, २ लाख ५० हजार रुपियाँ जरिबाना, २० हजार रुपियाँ क्षतिपूर्ति र १ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

आराेपितले बालिकालाई ०८० असोज ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो भने प्रहरीले आरोपितलाई मङ्सिर १४ गते घरबाटै ०८० पुस १ गते गिरफ्तार गरेकाे थियाे।

 

अन्य

भिडियो