INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२३ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका– ३ का २६ वर्षीय पुरुषविरुद्ध पीडित पक्षले ०८२ असार २२ गते प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको छ।

पीडितलाई विवाह गर्छु भन्दै भेट्न बोलाई बलात्कार गरेको पीडितले उजुरी दिएको उजुरीमा उल्लेख छ ।

आरोपित फरार रहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनायो । पीडितको स्वास्थ्य परीक्षण असार २२ गते भक्तपुर अस्पतालमा भयो ।

अन्य

भिडियो