INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले बगाएकाको उद्धार तथा खोजी कार्य जारी

नेपाल चीन सिमानाको रसुवागढी नाकास्थित लेन्दे खोलामा ०८२ असार २३ गते राति आएको बाढीले तीन प्रहरी, ६ जना चिनिया नागरिक र नौ जना स्थानीय मजदुर तथा सयौं गाडीहरू बगाएर बेपत्ता पारेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार त्यहाँ कार्यरत तीन जना नेपाल प्रहरी, नौ जना जना मजदुर र ६ जना चिनिया नागरिक बेपत्ता भएका हुन् । उनीहलाई बाढीले बगाएको आशंका गरिएको छ ।

516468383_2082918685567534_2067988351655065376_n

खोजी कार्यमा सुरक्षाकर्मी तथा स्थानीय लागेका छन् । भन्सारको पार्किङ क्षेत्रमा फसेका केही चालक तथा मजदुरको उद्धार भइरहेको उहाँले बताउनु भयो ।

बाढीका कारण स्याफ्रुबेशीदेखि रसुवागढी सडकमा ठाउँ ठाउँमा अवरुद्ध भएको छ भने बेत्रावती मैलुङ सडक पनि बन्द भएको छ ।

चीनतर्फ भारी वर्षा भएपछि लेन्देखोलामा आएको बाढी भोटेकोशी हुँदै रसुवा र  नुवाकोटको क्षेत्रमा बग्ने त्रिशूलीमा मिसिन्छ ।

असार २३ गते राति २ बजेको बाढीले रसुवागढी जलविद्युत आयोजना, सुख्खा बन्दरगाह, भन्सारको पार्किङ क्षेत्रमा रहेका २ सयबढी गाडीहरु र नेपाल चीन जोड्ने मितोरी पुल बगाएको छ ।

उत्तरगया गाउँपालिका कार्यालय नजिकै खाल्टे बगरको बिस्थापित क्याम्पमा बसेकाहरू त्रिशूली नदीमा आएको बाढीको त्रासले रातभर जागा बसेका थिए । ०७२ सालको भूकम्पबाट बिस्थापितहरू बाढी क्याम्पमा पस्ने त्रासले उनीहरू डराएका थिए ।

अहिले बाढी कम भए पनि नदीको बहाव उच्च हुने भन्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सतर्क रहन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरू तथा स्थानीयहरू स्थलगत अवलोकन तथा खोजी उद्धारमा लागेका छन् ।

516437723_4202939550031921_4236083287662171947_n

अन्य

भिडियो