INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँको नक्साल बस्ने सिन्धुली दुधौली नगरपालिका-१२ घर भएका २४ वर्षीय तिलक घिसिङलाई प्रहरीले असार २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध पीडित पक्षले असार १५ गते प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको थियो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा असार १५ गते गरियो ।

अन्य

भिडियो