जाजरकोटका डिभिजन वन कार्यालयका प््रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ । २०८२ असार २२ गते कार्यालय समयमै कार्यालय भित्र पसी तीन÷चार जनाको पहिचान नखुलेको समूहले शाहलाई कुटपिट गरेको हो ।
कुटपिटबाट शाहलाई सामान्य चोट लागेको छ । केही दिनअघि डिभिजन वन कार्यालयको सभाहलमा मादक पदार्थ सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण आलोचना खेपिरहेका कार्यालय प्रमुख शाहमाथि कुटपिट भएको हो ।
सार्वजनिक भएको भिडियो मेरो चरित्र हत्या गर्न नियोजित रुपमा फैलाइएको र मैले कुनै गल्ती गरेको शाहले बताए ।
कुटपिट गर्ने समूहको पहिचान नखुले पनि सिसिटिभी फुटेजको सहायताले छानविन अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।