INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सान्नी त्रिवेण गाउँपालिका– २ कालिकोटका २४ वर्षीय अशोक बुढाविरुद्ध पीडितले असार २० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी छिन् ।

पीडित महिलाका अनुसार, “आरोपितले ०८१ साउन २१ गते डर त्रास देखाएर बलात्कार गर्नुका साथै भारतको बेङलोर पु¥यायो । उहाँले भन्नुभयो, बेङलोरमा २०८२ जेठ ३० गते अलपत्र पारियो । त्यहाँका साहुजीसँग अनुनयविनय रोइकराई गरेपछि बेङलोरदेखि नेपालगज्जसम्मको भाडा दिएपछि फर्किइन् । नेपालगञ्जबाट जुम्ला पुगेपछि न्यायको खोजीमा हिँडेको छु ।” अहिले घटनाका आरोपित व्यक्तिसम्र्पक विहीन छन् ।

बलात्कार घटनाकी पीडित महिला न्यायका लागि कानुनी सहायता केन्द्र जुम्लामा पुगेको अधिवक्त तथा केन्द्रका प्रमुख नन्दबहादुर खत्रीले बताउनु भयो । उहाँले भन्नुभयो, कानुनी सहायता केन्द्रको पहलमा निःशुल्क जाहेरी लेखिदिएर जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार पीडितले प्रहरीमा उजुरी दिएपछि दर्ता भएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको डिएसपी रेग्मीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको छ ।

अन्य

भिडियो