बालिका बलात्कारको आरोपमा घोराही कारागारमा पुर्पक्षका लागि थुनामा रहेका घोराही उपमहानगरपालिका–२ का ३३ वर्षीय जीवराज चौधरीको मृत्यु भएको छ ।
असार ८ गते पुर्पक्षका लागि कारागार चलान भएका चौधरी असार १८ गते राती ९ बजेतिर एक्कासी बेहोस भएपछि उपचारका लागि कारागार प्रशासनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेको थियो । अस्पतालमा उपचारको क्रममा साढे १० बजे मृत्यु भएको र असार १९ गते प्रतिष्ठानमा शवकाे पोष्टमार्टमपछि परिवारले शव बुझेर सद्गत गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । पहिलेदेखि नै मुटु र कलेजोको बिरामी रहेको र औषधी सेवन गरिरहेका चौधरी ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८२ जेठ १४ गते गिरफ्तार भएका थिए ।