INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कलैया उपमहानगर पालिका–१० मटिअर्वा बस्ने २३ वर्षीय पत्नी साहिना खातुनलाई हत्या गरेको आरोपमा पति ३५ वर्षीया बच्चा मियाँलाई प्रहरीले असार १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले खातुनलाई असार १८ गते दिउँसो घरायसी विवादका क्रममा धारिलो हतियार दाबले टाउको र गर्दनमा प्रहार गरी हत्या गरेका थिए ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङको टोली घटनामा स्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानपछि आरोपित मियाँलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको एसपी तामाङले जानकारी गराउनु भएको छ ।

आरोपित मियाँविरुद्ध माइती पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । शवको पोस्टमार्टम कलैया अस्पतालमा असार १९ गते गरिएको छ । माइती पक्षले शव बुझेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो