१८ वर्षीय युवतीलाई बलात्कार प्रयास घटनाका फरार कसूरदार भिमदत्त नगरपालिका–४ का ४० वर्षीय मानसिंह कार्कीलाई प्रहरीले ०८२ असार १९ गते बह्रमदेव आइवे जिरो पाइन्टबाट गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कसूदार कार्कीलाई गिरफ्तार गरी असार १९ गते कैद भुक्तानका लागि जिल्ला कारागर, कञ्चनपुर पठाएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका असइ शंकर कुँवरले बताउनु भयो ।
जिल्ला अदालत, कञ्चनपुरका न्यायाधीश दुर्गाप्रसाद उप्रेतीको ०६९ जेठ ३० गते बसेको इजलासले कसूर ठहर गरी चार वर्ष कैद सजायको फैसला गरिएको भए पनि कसूरदार कार्की फरार रहेका थिए ।
पीडित युवतीलाई ०६६ चैत ९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध ०६६ चैत १० गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण चैत १० गते महाकाली अस्पताल, कञ्चनपुरमा गरिएको थियो ।