१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यशोधरा गाउँपालिका–६ घरभई सशस्त्र प्रहरी वल कपिलवस्तुमा कार्यरत प्रहरी जवान ३० वर्षीय मनोज उपाध्यायविरुद्ध पीडितले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
आरोपितले पीडित बालिकालाई असार १२ गते बलात्कार गरेको भनी पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडी बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।