INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित व्यक्तिद्वारा धारिलो हतियार प्रहार गरी एक जना बृद्धाको हत्या

जानकी गाउँपाकिा–९ अमरावतीकी ८० वर्षीया बृद्धा मातादेवी शाहीको अपरिचित व्याक्तिले धारिलो हतियार प्रहार गरी ०८२ असार १७ गते हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

मृतकका छोराबुहारी घरमा नभएको अवस्थामा एक्लै घरमा बसेको अवस्थामा धारिलो हतियार बृद्धाको छाती र टाउँकोमा प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको भए पनि हत्या किन ? र कस्ले ? गरेको हो अहिलेसम्म पत्ता नलागेको जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बृद्धाको हत्या भएको भनेर असार १७ गते बिहान स्थानीयहरुले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर पोष्टमार्टमका लागि शव टिकापुर अस्पताल ल्याइएको र तालिम प्राप्त कुकुर परिचालन गरी घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी नविन बुढाथोकीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

इन्सेक प्रतिनिधिले मृतकका छोरा धिरेन्द्र शाहीठकुरीसँग फोन सम्पर्क गरी घटनाका बारेमा थप जानकारी लिन खोज्दा उहाँले घटनाका बारेमा भोली भेटेर जानकारी दिने बताउनु भयो ।

अन्य

भिडियो