११ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माई नगरपालिका-२ का ५२ वर्षीय शिक्षक खेमराज ढकाललाई असार १६ गते गिरफ्तार गरेको छ ।
बालिकाद्वयलाई आरोपित शिक्षकले ०८२ असार १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक, शिक्षकलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनु भयो ।
आरोपित शिक्षक ढकाल नेकपा,एमाले जिल्ला कमिटी सल्लाहकार परिषद सदस्य, बुद्धिजीवी परिषद जिल्ला सदस्य, माई नगरपालिका शिक्षा समिति सदस्यसमेत रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी राईले बताउनु भयो ।
पीडित बालिकाद्वयको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १६ गते गरिएको छ ।