INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–४ मोतिपुरका १८ वर्षीय सुरज कहारलाई असार १४ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई असार ४ गते बलात्कार प्रयास गरेको भनी पीडितले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परिक्षण असार १३ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो