INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-८ सान्ताङका ५२ वर्षीय खड्गबहादुर राईलाई गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८२ असार ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि असार ९ गते धनकुटा नगरपालिका-७, बजार क्षेत्रबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

आरोपित राईले खुकुरी देखाएर मार्ने धम्की दिएर बलात्कार गरेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ९ गते गरिएको छ ।

अन्य

भिडियो