९ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१४ का ४० वर्षीय टेकबहादुर बिकलाई जिल्ला अदालतले कसुर ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश तेजनारायण पौडेलको असार ११ गतेको इजलासले आरोपितलाई दोषी ठहर गर्दै जन्मकैद, ७ लाख रुपियाँ जरिबाना, ४० हजार रुपियाँ क्षतिपूर्ति र २ हजार ८ सय रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । बिकले बालिकालाई ०८० असोज ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण असोज ८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । प्रहरीले आरोपितलाई असोज ८ गते गिरफ्तार गरेको थियो ।