INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या कसुरमा जन्मकैद सजायको फैसला

म्याङलुङ नगरपालिका-९ गैरीगाँउकी ३१ वर्षीया सुरूवता चोङवाङ लिम्बूको हत्या गरेको कसुरमा जिल्ला अदालतले ४१ वर्षीय वर्षीय शङ्कर लिम्बूलाई जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८२ असार ८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै जन्मकैद सजायको फैसला आदेश भएको अदालतका श्रेस्तेदार ऋतु राईले बताउनु भयो ।

पीडितलाई शङ्कर लिम्बूले मदिरा सेवन गरी ०८१ जेठ ३१ गते कुटपिट गरी हत्या गरेका थिए । हत्या गरेको आरोपमा पीडित पक्षले शङ्कर लिम्बूविरुद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

शङ्कर लिम्बूलाई प्रहरीले ०८१ जेठ ३१ गते सरकारी वकिलको कार्यालमार्फत  जिल्ला अदालतमा ०८२ असार १२ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता थियो ।

जिल्ला अदालतका न्यायाधीश भिमबहादुर निरौलाको ०८१ असार १२ गतेको आदेशले शङ्कर लिम्बूलाई पुर्पक्षमा पठाएको थियो ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल ०८१ जेठ ३२ गते गरिएको थियो । पीडित पक्षले जेठ ३२ गते शव बुझी असार ३२ गते म्याङलुङ नगरपालिका-९ खेरुंग्वा खोलामा सद्गत गरेको थियो ।

अन्य

भिडियो