INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला कारागारमा एक कैदीको मृत्यु

जिल्ला कारागार म्याग्दीमा कैद भुक्तानी गरिरहेका मंगला गाउँपालिका–२ अम्बोटका ४६ वर्षीय शेरबहादुर बिकको ०८२ असार ५ गते बेलुका उपचारको क्रममा प्रदेश अस्पताल बेनीमा मृत्यु भएको छ ।

उच्च रक्तचापका बिरामी रहेका बिक असार ५ गते बेलुका परिवारसँग फोनमा कुरागर्ने क्रममा एक्कासी ढलेपछि उपचारका लागि प्रदेश अस्पताल बेनीमा लगिएकोमा अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला कारागार म्याग्दीकी जेलर प्रतिज्ञा सुवेदीले बताउनु भयो । उहाँले भन्नुभयो– ‘उच्च रक्तचापको बिरामी रहेका विकलाई औषधी सेवन गर्न पटक–पटक आग्रह गर्दा पनि अटेरी गर्ने तथा छारे रोगको समेत समस्या रहेको थियो ।’ दिउँसो पनि उपचारका लागि लगेकोमा अहिले नगर्ने पछि पुनः गर्ने भन्दै कारागार फर्केको र फर्कदासाथ परिवारसँग कुराकानी गर्दैगर्दा एक्कासी बेहोस भएर ढलेकोले अस्पताल लगिएको उहाँले बताउनु भयो ।

१० वर्षीया बालिकालाई ०७९ असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले फागुन २५ गते गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएको थियो । अनुसन्धान पछि चैत १९ गते जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले जबरजस्ती करणी शीर्षक जिल्ला अदालत म्याग्दीमा अभियोजन दर्ता गरेको थियो । जिल्ला अदालत म्याग्दीले चैत २० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालत म्याग्दीका न्यायाधीश प्रकाश प्रसाद पण्डितको ०८१ कात्तिक ६ गतेको इजालसले आरोपितलाई कसुर ठहर गर्दै १९ वर्ष कैद र ७ लाख रुपियाँ जरिबान र ५० हजार रुपियाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

अन्य

भिडियो