१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई ०८१ पुस १६ गते बलात्कार गरेको भनी पीडित बालिकाले अभिभावकको सहयोगमा असार २ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इनसपेक्टर खगेन्द्र अधिकारीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भयो ।