INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भुम्लु गाउँपालिका–५ सल्लेका ४० वर्षीय लक्ष्मण खत्रीलाई प्रहरीले ०८२ असार ३ गते गिरफ्तार गर्‍यो ।

आफूलाई घरमै आएर ०८२ जेठ ४ गते बालात्कार गरेको भन्दै पीडितले आरोपित विरुद्ध ०८२ असार २ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जर्वजस्ती करणी शीर्षकमा उजुरी दिएकी थिइन्।

पीडितको स्वास्थ्य परीक्षण ०८२ असार ३ गते धुलिखेल अस्पतालमा गरियो । आरोपितलाई हिरासतमा राखि अनुसन्धान गरिएको डिएसपी मीनबहादुर घलेले बताउनु भयो ।

अन्य

भिडियो