INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको ठहरसहित आठ वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेर एघार वर्षदेखि ‘फरार भएका’ मोरङ बुढीगङ्गा गाउँपालिका-४ का ३३ वर्षीय सञ्जय माझी मङ्सिर २८ गते कारागार चलान भएका छन ।

जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले ०७३ फागुन २२ गते नै आठ वर्षकैद फैसला भएकोले फैसला कार्यान्वयन गरिएको बताए ।

जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले आठ वर्षकैद र माझीको भागमा पर्ने अंशको आधा पाउने फैसला गरेको थियो ।

अन्य

भिडियो