तिलागुफा नगरपालिका–७, छाप्रे गाउँमा एक महिनादेखि खानेपानीको अभाव भएको छ। जीर्ण अवस्थामा रहेका पाइप फुटेर पानी जङ्गलमा जाने समस्या भए पनि, स्थानीय निकाय र उपभोक्ता समितिको उदासिनताका कारण समस्या समाधान हुन सकेको छैन।
पानीको अभावले गर्दा दुई किलोमिटर टाढा रहेको छाप्रे खोलामा जानु पर्ने बाध्यता छ। नुहाउने, कपडा धुने जस्ता दैनिक काम गर्न पनि कठिनाइ भइरहेको धनकुमारी रावतले बताउनु भयो।
खडेरी र पानीको अभावले गर्दा गाउँमा जनजीवन कष्टकर बनेको छ। साथै, डढेलो र पहिरोका कारण पाइप फुट्ने भएकाले पानीको समस्या अझ बढेको हो।
तिलागुफामा खानेपानीको समस्या बारेमा जानकारी थिएन, तर जानकारी पाएपछि आवश्यक ठाउँमा पुगेर समाधान खोज्नेछु। थप योजना बनाउन पनि प्रतिबद्ध रहेको तिलागुफा नगरपालिका प्रमुख संकर उपाध्यायले बताउनु भयो।
खानेपानी व्यवस्थापन सम्बन्धी आवश्यक कार्यविधि बनाउन नसकेका कारण समस्या आएको हो। म यसैको लागि काम गरिरहेको छु र समाधानका लागि लागिरहेको वडाध्यक्ष दिपक शाहीले बताउनु भयो।