१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका—१ का २९ वर्षीय एक पुरुषलाई प्रहरीले ०८२ जेठ २९ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई जेठ २६ गते यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ । पीडितको तर्फबाट पीडितकी आमाले जेठ २८ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको जेठ २८ गते नवलपुर अस्पतालमा स्वास्थ्य परीक्षण भयो । पीडित र आरोपित नातासम्बन्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।