INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

 

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले बुद्धभुमी नपा–४ बुड्डीका २३ वर्षीष सुधारखर थारुलाई कसुर ठहर गर्दै तीन वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश महेश खनालको जेठ २६ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई ३ वर्ष ६ महिना कैद सजाय, १ लाख ५० हजार रुपियाँ जरिबाना २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराई दिनुपर्ने, ६ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।

आरोपितले महिलालाई ०८१ साउन ३२ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले भदौ १ गते इलाका प्रहरी कार्यालय गोरुसिंहे कपिलवस्तुमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण भदौ १ गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो । प्रहरीले आरोपितलाई भदौ १ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो