INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बाल विवाह गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले कोटहीमाई गाउँपालिका–७ का ४० वर्षीय उदिप यादव र सोही ठाउँकै २३ वर्षीय प्रदिप कुमार मिश्रालाई तीन महिना कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको जेठ २६ गतेको इजलासले आंशिक कसुर ठहर गर्दै आरोपितलाई तीन महिना कैद सजाय, ५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले  जानकारी दिनुभयो ।

आरोपितले ०८१ साउन ४  गते बालविवाह गरेको भन्दै पीडित पक्षले साउन १० गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई साउन ९ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो