INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत विजयी र्‍यालीमा विद्यालयका बसहरू प्रयोग

फोरम र राजपा गठबन्धनले मङ्सिर २६ गते जिल्लामा निकालेको विजयी र्‍यालीमा बालबालिकाका साथै विद्यालयका बसहरू प्रयोग गरेको छ ।

पार्टीको झण्डा बाँधेर राजविराज नपा-५ स्थित शिव इन्टरनेशनल बोर्डिङ सेकेण्ड्री स्कूलका दुई ओटा बस दिनभर र्‍यालीमा प्रयोग गरिएको थियो ।

राजविराजस्थित गजेन्द्र चोकमा प्रतिनिधि सभामा निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितले धन्यवाद ज्ञापन गरेपछि नेताहरूको नेतृत्वमा हनुमाननगर, भारदह, कञ्चनरूप, महुली, रूपनी, कल्याणपुर हुँदै मलेठसम्म नाराबाजी गर्दै प्रदर्शन गरिएको र्‍यालीमा बस प्रयोग गरिएको हो ।

निर्वाचन आचारसंहितामा उम्मेदवार, राजनीतिक दल, भातृ सङ्गठनलाई विद्यालयको भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने उल्लेख छ ।

अन्य

भिडियो