टिकापुर नगरपालिका–१ की २९ वर्षीया राजकुमारी कुँवरलाई ०८२ जेठ २३ गते कुटपिट गरेको आरोपमा टिकापुर नगरपालिका–७ हुलाकी राजमार्गस्थित खैरीपुर चेक पोष्टका इन्चार्ज यज्ञराज पन्त विरुद्ध इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी परेपछि घटनाको अनुसन्धान गर्न छानबिन पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहको नेत्तुत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी घटनाको अनुसन्धान सुरु गरिएको हो ।
सादा पोशाकमा आएका इन्स्पेक्टर पन्तले चेकजाँचकै क्रममा आफूमाथि कुटपिट गरिएको भन्दै पीडितले आरोपित पत्त विरुद्ध जेठ २४ गते इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिनुभएको थियो ।
पीडित महिलाले दिनुभएको उजुरीका आधारमा घटनामा संलग्न इन्स्पेक्टर पन्त र प्रहरी हवल्दार सुरेन्द्र बोहरालाई जिल्ला प्रहरी कार्यालयमा झिकाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो ।
पीडित महिलामाथि इन्स्पेक्टर पत्तले हातपात गरिरहेको भिडिओ सामाजिक सञ्चालमा देखिएकोले घटनामा संलग्नलाई विभागीय कारबाही गरिने जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी सिंहले बताउनु भयो ।