१४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–१ सेमरीका २२ वर्षीय भिमबहादुर केवटलाई ०८२ जेठ २६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई जेठ २५ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २५ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २५ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।