INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीहरूलाई समस्या

 

सदरमुकाम बेनीस्थित सरकारी अस्पतालमा पछिल्लो एक वर्षदेखि एम्बुलेन्स नहुँदा बिरामीहरू समस्यामा परेका छन् ।

अस्पतालको आफ्नै बा२झ ३१०१ नम्बरको एम्बुलेन्स १४ महिनादेखी बिग्रिएको हुनाले अहिलेसम्म मर्मत नगरी राखिएको छ ।

अस्पतालकै एम्बुलेस १४ महिना देखि थन्कियो (1)

हामी चाँडो नयाँ एम्बुलेन्स ल्याउने प्रयास गरिरहेका छौं। टेन्डर समेत आह्वान गरियो, तर कोही सहभागी भएनन्। अहिले हामी दाताहरुलाई आग्रह गरिरहेका छौं मेडिकल सुपरिटेन्डेण्ट डा‌. रबिरञ्जन प्रधानले बताउनु भयो ।

अस्पतालको पुरानो एम्बुलेन्स २०७९ मा पहिलो पटक इन्जीन बिग्रिएको थियो। त्यसपछि मर्मत गरी प्रयोगमा ल्याउने प्रयास भएपनि समस्या समाधान हुन सकेको छैन। पछिल्लो केही महिना यता, उक्त एम्बुलेन्सलाई पार्कमा राखिएको छ ।

एम्बुलेन्सको अभावले बिरामीहरूलाई माथिल्लो अस्पताल लैजान र रिफर गर्न थप समस्या भएको बताइएको छ। एम्बुलेन्सको अभावले बिरामीहरूलाई माथिल्लो अस्पताल लैजान समस्या हुने गरेको बेनी नगरपालिका- ४ का गणेश पौडेलले बताउनु भयो ।

सरकार र अस्पताल प्रशासनले दाताहरूसँगको सहकार्य र थप प्रयासले चाँडो नयाँ एम्बुलेन्स ल्याउने आशा व्यक्त गरेका छन्। यद्यपि, आर्थिक र प्रक्रियागत जटिलताका कारण उक्त योजना अझै पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन।

अन्य

भिडियो