नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबिच मङ्सिर २५ गते सर्लाही सदरमुकाम मलङ्गवमा मतगणनाको विषयमा विवाद भएपछि झडप भएको छ ।
विवादपछि मतगणना भइरहेको स्थल सर्लाही क्याम्पस अगाडि काङ्ग्रेस र राजपा नेपालका कार्यकर्ताबिच झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा परी ३५ वर्षीय कपलेश्वर मण्डल र ५० वर्षीय सुरेन्द्र सिंहको टाउँकोमा गम्भीर चोट लागेको छ । उनीहरूको उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको छ ।
झडप नियन्त्रण बाहिर गएपछि प्रहरीले दुई राउण्ड अश्रु ग्याँस प्रहार गरेको जनाएको छ । पार्टी प्रतिनिधिबिचको विवाद झडपमा परिणत हुँदा सर्लाही क्षेत्र नम्बर ४ को मतगणना अबरूद्ध भएको छ ।
एउटा मत पेटिकामा सात सील हुनुपर्नेमा पाँच ओटा मात्र सील भेटिएपछि विवाद भएको जनाइएको छ ।