३५ वर्षीया अपाङ्गता भएकी महिलालाई सामूहिक बलात्कार गरेकाे आरोपमा प्रहरीले रोशी गाउँपालिका–१२ शिखरपुर घर भई ललितपुर सानागाउँमा डेरा गरी बस्ने ट्रिपर चालक ४७ वर्षीय दोबबहादुर कामीलाई ०८२ जेठ १८ गते राेशी गाउँपालिका– ९ बाट गिरफ्तार गरेको छ । अर्का आराेपित महाभारत गाउँपालिका–४ बस्ने १९ वर्षीय ट्रिपरका सहचालक नवराज योञ्जन फरार रहेका छन् ।
आराेपितहरुले महिलालाई जेठ २ गते साँझ बलात्कार गरेको भनी पीडितका दाजुले जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते धुलिखेल अस्पतालमा गरिएको थियाे ।