INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका-५ का २९ वर्षीय देउमान चोङवाङ र सोही ठाउँका ३५ वर्षीय टिकाराज सावालाई जेठ २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले ०८२ जेठ १९ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २० गते गरिएको छ ।

अन्य

भिडियो