INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

झापाको दमक नगरपालिका-१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोर को हिरासत कक्षमा रहेको अवस्थामा बिरामी भएका श्रेष्ठको उपचारका क्रममा ०८२ जेठ २० गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।

कोशी अस्पतालमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनु भयो ।

प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन ०८२ जेठ १५ गते म्याद थप गरेर श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धान गर्दै आएको थियो ।

ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि जेठ २० गते कोशी अस्पताल भर्ना गरिएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको डिएसपी जोशीले बताउनु भयो ।

प्रहरीका अनुसार लागुऔषध सेवनकर्तासमेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी, झापाको इलाका प्रहरी कार्यालय दमक, मोरङको इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट श्रेष्ठविरुद्ध विभिन्न शीर्षकमा मुद्दा चलिसकेको प्रहरीले जनाएको छ ।

यसअघि तीन पटक लागुऔषध ऐन र एक पटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको डिएसपी जोशीले बताउनु भयो ।

पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोजेपछि प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो ।

पीडित परिवारलाई श्रेष्ठको मृत्युको खबर दिएको र पीडित पक्षले जेठ २० गते शव बुझ्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो