१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उमनपा–१० का २४ वर्षीय एलेक्स बस्नेतलाई प्रहरीले ०८२ जेठ १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १३ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भयो ।