२५, २३ र २१ वर्षीया दुई जना युवतीलाई दुर्व्यवहार गरेको आरेपमा दैलेख जिल्लाको आठबिस नगरपालिका–३, टुबिगरका २८ वर्षीय तपेन्द्र शाहीलाई प्रहरीले ०८२ जेठ १७ गते गिरफ्तार गरेको छ ।
गुडीरहेको ट्रकमा चार जना युवतीलाई राखेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएपछि जेठ १४ गते सोसेक नेपाल नामक गैरसरकारी संस्थाले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेशबहादुर बरालले भिडियोको विषयमा उजुरी र विभिन्न गुनासाहरू आएपछि घटनाको विषयमा खोजी गरेको बताउनु भयो । भिडियो पोष्ट गर्ने र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेकोले आवश्यक अनुसन्धानका लागि सुर्खेतमा पठाएको उहाँले जानकारी दिनुभयो ।