INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

ईश्वरपुर नगरपालिका–५ की २३ वर्षीया रविना कुमारी पटेललाई ०८२ जेठ ७ गते निजका पति २४ वर्षीय सुरेश कुमार पटेल र सासु ४८ वर्षीया जसोधा देवी पटेलले थप दाइजोको निहुँमा कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय केशरगंजमा पीडित महिलाले जेठ १४ गते उजुरी दिनु भएको छ ।

पीडित र आरोपित सुरेश कुमार पटेलबीच ०७० जेठ ११ गते विवाह भएको थियो । विवाहमा दुई लाख रुपियाँ नगद र एक तोला सुनको सिक्री दिएको पीडितका बुबा पर्सा गाउँपालिका-१ का ४७ वर्षीय बिनोद पटेलले बताउनु भयो ।

तर, थप दाइजो बापत नगद १ लाख रुपियाँ र एउटा फ्रिज नल्याएको भन्दै आरोपित पति र सासुले पीडितलाई गालिगलौज र कुटपिट गरेको पीडितका बुवाले जानकारी दिनु भयो ।

कुटपिटका कारण पीडित घाइते भएकी थिइन् । पीडितको स्वास्थ्य उपचार जेठ ७ गतेदेखि ९ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

घटना पश्चात आरोपितहरू फरार रहेकोले खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर उमनकान्त जोसीले जानकारी दिनु भयो ।

अन्य

भिडियो