INSEC Online

📅 २०८३ जेष्ठ २१

धादिङ कारागारमा  झुन्डिएको अवस्थामा थुनुवाको शव फेला

जिल्ला कारागारमा ०८२  जेठ १४ गते एक एक जना थुनुवाको शव शौचालय भित्र झुण्डिएको अवस्थामा फेला परेको छ ।

वेनीघाट रोराङ गाउँपालिका-७ चरौंदिका २० वर्षीय विष्णु सुनारको शव शौचालय झुण्डिएको अवस्थामा शव फेला हो । कारागार प्रशासनले सुनुवारले आत्महत्या गरेको  हुनसक्ने जनाएको छ ।

सुनुवार ०८२ जेठ ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । राति १ बजेतिर शौचालय गएको र लामो समयसम्म पनि नफर्किएपछि सुरक्षाकर्मीले चेकजाँच गर्दा झुण्डिएको अवस्थामा देखेको जेलर  राममणि मिश्रले बताउनु भयो । 

मिश्रका अनुसार सुनुवारले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लागाई आत्महत्या गरेको हुनसक्ने देखिन्छ । 

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको र शव पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको जेलर मिश्रले बताउनुभयो ।

अन्य

भिडियो