INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जगरनाथपुर गाउँपालिका-६ का २३ वर्षीय बिशाल यादबलाई जिल्ला प्रहरी कार्यालय, पर्साले जेठ १२ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई जेठ ११ गते घरमा एक्लै रहेको अवस्थामा बलात्कार गरेको भन्दै पीडितको बुवाले जिल्ला प्रहरी कार्यालय, पर्सामा जेठ १२ गते उजुरी दिनुभयो ।

आरोपितलाई जेठ १२ गते गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको डिएसपी किशोर लम्सालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण जेठ १२ गते नारायणी अस्पताल वीरगञ्जमा भयो ।

अन्य

भिडियो