INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार 

याङवरक गाउँपालिका-५ दाहाल गाउँकी ४० वर्षीया सम्झना भट्टराईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति कृष्ण लिङ्देनलाई जेठ ११ गते गिरफ्तार गरेको छ।

घरायसी विवादका क्रममा आरोपितले ०८२ वैशाख ३० गते पत्नी सम्झनालाई कुटपिट गरी घाइते बनाएका थिए ।

घाइते सम्झनाको उपचारका क्रममा ०८२ जेठ ११ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा मृत्यु भएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रूपेश तामाङले बताउनु भयो।

शवको पोष्टमार्टम घोपामा जेठ ११ गते गरिएको छ। पीडित पक्षले जेठ ११ गते शव बुझि जेठ १२ गते इटहरी उपमहानगरपालिका-४ स्थित घाटमा सद्गतको तयारी गरेको छ।

अन्य

भिडियो