१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई जेठ १० गते गिरफ्तार गरेको छ।
पीडित बालिकालाई ०८२ जेठ १० गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी नगरपालिका-४ गबुवाका २५ वर्षीय सुजन भनिने राजकुमार तामाङ, सोही ठाउँका १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षीय जीवन श्रेष्ठलाई जेठ १० गते गिरफ्तार गरेको हो ।
पीडित बालिकालाई जेठ १० गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १० गते गरिएको छ।